शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार

शुक्रबार, १२ असार २०८३, ०१ : ४७
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सातै प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउने उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।
  • कोशी प्रदेशबाट निशा मेहताले १ हजार ८६१ मत, मधेस प्रदेशबाट सुष्मा बस्नेतले १ हजार ४१८ मत, बागमती प्रदेशबाट प्रभा ढकालले १ हजार ५१३ मत प्राप्त गरेकी छन् ।
  • यसैगरी गण्डकी प्रदेशमा पवित्रा थापाले १ हजार ४२ मत, लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले १ हजार १०७ मत, कर्णाली प्रदेशमा सीता वादीले १ हजार ७५१ मत र सुदूरपश्चिम प्रदेशमा हेमराज थापाले २ हजार ३० मत ल्याएर शीर्ष स्थान हासिल गरेका छन् ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सातै प्रदेश (भूगोल समूह) बाट सर्वाधिक मत ल्याउने उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विद्युतीय मतदानको नतिजाअनुसार आ–आफ्नो प्रदेशमा सबैभन्दा बढी मत प्राप्त गरी पहिलो स्थान हासिल गर्ने उम्मेदवारहरूकाे नामावली यस्ताे रहेकाे छ :

  • कोशी प्रदेश: निशा मेहता

निशा मेहताले १ हजार ८६१ मत प्राप्त गर्दै कोशी प्रदेशबाट सर्वाधिक भोट ल्याउने उम्मेदवार बनेकी छन् ।

  • मधेस प्रदेश: सुष्मा बस्नेत

मधेस प्रदेशतर्फ सुष्मा बस्नेत १ हजार ४१८ मतसहित पहिलो स्थानमा छिन् ।

  • बागमती प्रदेश: प्रभा ढकाल

बागमती प्रदेशबाट प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरेकी छन् ।

  • गण्डकी प्रदेश: पवित्रा थापा

गण्डकी प्रदेशमा पवित्रा थापा १ हजार ४२ मतसहित अग्रस्थानमा रहेकी छन् ।

  • लुम्बिनी प्रदेश: कल्पना पाण्डे

लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले १ हजार १०७ मत प्राप्त गर्दै सर्वाधिक भोट ल्याएकी छन् ।

  • कर्णाली प्रदेश: सीता वादी

कर्णाली प्रदेशमा सीता वादीले १ हजार ७५१ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेकी छन्। 

  • सुदूरपश्चिम प्रदेश: हेमराज थापा

सुदूरपश्चिम प्रदेशबाट हेमराज थापाले सर्वाधिक २ हजार ३० मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप