मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
सारांश
- मालिका गाउँपालिकाले किसानलाई ६०% अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ।
- यसले कृषिकार्यको लागत घटाउन, सहजता र समयको बचत गर्ने लक्ष्य राखेको छ।
- किसानले गोरुको विकल्पमा मिनीटिलर प्रयोग गर्दा समय र खर्च बचत भएको अनुभव गरेका छन्।
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर ९यान्त्रिक हलो० वितरण गरेको छ । बहत्तर जना किसान, फार्म र समूहलाई ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । कृषिकार्यको लागत घटाउन, किसानको सहजता र समयको बचतका लागि यान्त्रिक हलो वितरण गरिएको मालिका गाउँपालिकाका कृषि विकास अधिकृत सुस्मिता सुवेदीले बताइन् ।
“वडा कार्यालयमार्फत किसानहरूबाट माग सङ्कलन गरेर सङ्ख्या निर्धारण गरी पालिकाले विनियोजन गरेको बजेटको सीमाभित्र रहेर ठेक्का प्रतिस्पर्धाबाट मिनीटिलर खरिद गरेर वितरण गरेका हौँ”, उनले भनिन्, “खेतबारी खनजोत गर्दा समयको बचत र लागत घटाउने उद्देश्यले कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।”
डिजेलबाट चल्ने ५७ र पेट्रोलबाट चल्ने २४ वटा ट्याक्टर वितरण गरिएको हो । क्षमता र गुणस्तरअनुसार ट्याक्टरको मूल्य प्रतिगोटा रु ३५ हजारदेखि रु ४८ हजारमा आपूर्ति गर्ने कबोलेका आपूर्तिकर्ता छनोट भएका थिए । तोकिएको मूल्यमा किसानले ४० प्रतिशत रकम तिरेका हुन् भने ६० प्रतिशत गाउँपालिकाले भुक्तानी गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालका अनुसार यान्त्रिक हलो खरिद र वितरणका लागि मालिका गाउँपालिकाले चालु आव २०८३/८४ मा रु ३२ लाखभन्दा बढी विनियोजन गरेको थियो । गाउँपालिका र वडा कार्यालयले यान्त्रिक हलो वितरणका लागि विनियोजन गरेको बजेटलाई एकीकृत गरेर खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनीटिलरको प्रयोग बढेको छ । एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनीटिलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झन्झट हटेको किसानहरूको अनुभव छ । मिनीटिलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झन्झट हटेको छ । मिनीटिलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण