कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा मर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो १० दिनयता बरङ्जामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका छन् भने छ वटा घाइते भएका छन् ।
दैनिक जसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मङ्गला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताए । “पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय, खर्सुपानी क्षेत्रमा सामुदायिक कुकरले आतङ्क सिर्जना गरेको छ”, उनले भने, “आतङ्क फैलाउने कुकुर पहिचान गरी नियन्त्रणका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीको सहयोग मागेका छौँ ।”
वडा कार्यालयमा रहेका पशु स्वास्थ्य प्राविधिकलाई कुकुरले टोकेर घाइते भएका बाख्राको उपचारका लागि भ्याइनभ्याइ भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए । उनका अनुसार पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा कुकुरले टोकेर मरेका छन् ।
वडाध्यक्ष पुनका अनुसार खर्सुपानीमा दुई, खर्कमा दुई, वडा कार्यालय नजिकै एउटा र बाहुनपँधेरामा एउटा बाख्रा कुकुरले टोकेर घाइते भएका छन् । स्थानीय कृषक गङ्गाधर आचार्यका अनुसार तीन वटा कुकुर घरमा किसान नभएको मौका छोपेर गोठमा आउने गरेका छन् ।
कुकुर आतङ्कका कारण बरङ्जावासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले बताए । बरङ्जाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतङ्क फैलाउने कुकुरलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहयोग मागिएको कार्यवाहक वडाध्यक्ष पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण