शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

टिपरको ठक्करबाट बालिकाको मृत्यु

बिहीबार, ११ असार २०८३, २३ : ०३
बिहीबार, ११ असार २०८३

सारांश

  • टिपरको ठक्करबाट झापामा १० वर्षीया बालिकाको मृत्यु भएको छ।
  • दुर्घटनामा बालिकाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
  • प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।

झापा। झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी अनुकृतिलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

घटनापछि बालिकाको शव अस्पतालको शवगृहमा राखिएको छ । टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप