शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी

शुक्रबार, १२ असार २०८३, ०५ : ४६
शुक्रबार, १२ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को अन्तिम खेलमा जापान र स्विडेनबीचको प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
  • अमेरिकाको ड्यालस स्टेडियममा जारी यो खेलमा नकआउट चरणमा पुग्न दुवै टोलीका लागि यो निर्णायक छ।
  • पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि रक्षापंक्ति र गोलकिपरले रोकेका थिए।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को अन्तिम तथा निर्णायक खेलमा जापान र स्विडेनबिचको प्रतिस्पर्धा निकै कडा देखिएको छ । अमेरिकाको ड्यालस स्टेडियममा जारी यस खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् र खेल ०–० को बराबरीमा रहेको छ ।

समूह चरणको अन्तिम खेल भएकाले नकआउट चरण (अन्तिम ३२) मा पुग्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । ड्यालस स्टेडियममा हजारौँ दर्शकको उपस्थितिमा दुवै टोलीले पहिलो हाफमा गोल गर्ने केही राम्रा अवसरहरू सिर्जना गरे पनि रक्षापङ्क्ति र गोलकिपर बाधक बन्दा खेल गोलरहित टुङ्गिएको हो ।

समूह ‘एफ’ मै नेदरल्याण्ड्स र ट्युनिसियाबिचको अर्को खेल पनि क्यानसास सिटीमा भइरहेको छ । यसअघिका खेलहरूमा जापानले नेदरल्याण्ड्ससँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै १ अंक बटुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप