मापदण्ड बाहिरका चना र राजमाको दाल आयातमा रोक

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चना र राजमाको दाल आयातमा रोक लगाएको छ । विभागले ९,६०० केजी चनाको दाल र २३,२८० केजी राजमाको दाल मापदण्ड बाहिर भएकाले रोक लगाएको हो ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार कशौधन ट्रेडर्स, नेपालगन्जले भारतबाट पैठारीको लागि नेपालगन्ज भन्सार नाकामा ल्याएको ९,६०० केजी चनाको दालमा रोक लगाएको हो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दाना तथा किराले क्षति पुर्याएको दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको उनले बताए ।
यस्तै, नेन्शी सप्लायर्स, दाङले भारतबाट पैठारीको लागि नेपालगन्ज भन्सार नाकामा ल्याएको २३,२८० केजी राजमाको दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाइएकाले आयात गर्न नमिल्ने भनिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता
-
दलहरू आफैँ नसच्चिए प्रतिगमनको खतरा छ : लक्ष्मण पन्त
-
प्ले–अफ चरणमा पुग्न प्रयासरत दिल्ली र बहिर्गमनबाट जोगिन संघर्षरत हैदराबादबिच रोचक भिडन्त