मापदण्ड बाहिरका चना र राजमाको दाल आयातमा रोक
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चना र राजमाको दाल आयातमा रोक लगाएको छ । विभागले ९,६०० केजी चनाको दाल र २३,२८० केजी राजमाको दाल मापदण्ड बाहिर भएकाले रोक लगाएको हो ।
विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार कशौधन ट्रेडर्स, नेपालगन्जले भारतबाट पैठारीको लागि नेपालगन्ज भन्सार नाकामा ल्याएको ९,६०० केजी चनाको दालमा रोक लगाएको हो । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दाना तथा किराले क्षति पुर्याएको दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको उनले बताए ।
यस्तै, नेन्शी सप्लायर्स, दाङले भारतबाट पैठारीको लागि नेपालगन्ज भन्सार नाकामा ल्याएको २३,२८० केजी राजमाको दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाइएकाले आयात गर्न नमिल्ने भनिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण