रवि लामिछाने मध्यरातमै हिँडे पोखरा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर रिहा भएलगत्तै राति नै पोखरातर्फ लागेका छन् । त्यसलगत्तै सभापति लामिछाने भैरहवाबाट गाडीबाट पोखरा प्रस्थान गरेका रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए ।
आइतबार अबेर आएको फैसलापछि रकम धरौटीका लागि केहीबेर समय लागेको थियो । प्रभु बैङ्कमार्फत धरौटी बुझाएर रिहा भएका लामिछानेले केहीबेर आफ्ना नेता कार्यकर्तासँग खुसी साटेका थिए।
मंगलबारदेखि भैरहवाको होटल मेरीगोल्डमा बस्दै आएका थिए । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि उनी यहाँ आएका थिए ।
लामिछाने श्रीमती निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी बुझाएपछि थुनामा बस्न नपर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण