राजदूत तिम्सिनाले मलेसियाका राजासमक्ष पेस गरे ओहदाको प्रमाणपत्र
काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले मंगलबार मलेसियाका राजा सुल्तान इब्राहिम समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित राज दरबारमा विभिन्न देशबाट आएका ६ जना राजदूतका लागि कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा नेपालका राजदूत तिम्सिनाले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राजदूतहरूलाई स्वागत गर्दै राजा सुल्तानले उनीहरूलाई बधाईका साथै सफल कार्यकालको लागि शुभकामना पनि व्यक्त गरे । राजदूत तिम्सिनाले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राजा तथा मलेसियाका जनतालाई बधाई र शुभकामना दिएका थिए ।
सो समारोहमा मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसन, उपमहासचिव दातो अहमद रोजियान बिन अब्द, परराष्ट्र मन्त्रालयका अन्य अधिकारीको उपस्थिति थियो । नेपाली दूतावासको तर्फबाट काउन्सिलर मुदिता बज्राचार्य पनि उपस्थित थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण