रास्वपा संसदीय दलको बैठक आज
बुधबार, १६ माघ २०८१, ०९ : ३९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।
उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ । ‘बैठक बोलाएका छौँ । हिउँदे अधिवेशन तयारी बारे छलफल हुन्छ,’ रातोपाटीसँग उनले भने ।
पार्टी सभापति तथा दलको नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने, कस्ता एजेन्डा केन्द्रित हुने, सांसदको भूमिका कसरी प्रभावकारी रूपमा निभाउने जस्ता विषयमा छलफल हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल