त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबार खेलिने आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे सुरु हुनेछ । त्रिकोणात्मक शृङ्खलामा तेस्रो टोलीका रुपमा थाइल्यान्डको सहभागिता रहेको छ । नेपाली महिला टोलीले पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।
नेपाली महिला टोलीले कीर्तिपुर मैदानमा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो । यसअघि, नेपाली महिला टोलीले कीर्तिपुर मैदानमा सन् २०२२ मा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो महिला टी–२० वरीयतामा नेपाल २०औँ स्थानमा आसिन छ । उक्त वरीयतामा नेदरल्यान्ड्स १६औँ र थाइल्यान्ड १३औँ स्थानमा छन् ।
शृङ्खलाका लागि घोषित नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, पूजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी बिष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण