राजनीति
रवि लामिछानेले किन भेट्दैछन् सभामुख ?
शुक्रबार, १८ माघ २०८१, ११ : ४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् ।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गर्न लागेका हुन् ।
‘अहिले केही बेरमा सभापतिज्यूले सभामुखसँग भेटवार्ता गर्दै हुनुहुन्छ’, रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘भेटमा समसामयिक विषयमा कुराकानी हुनेछ ।’
त्यस्तै लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण