नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणको माग गर्दै धर्ना सुरु
शुक्रबार, १८ माघ २०८१, १३ : ०३
पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन् । शक्रबार बिहानदेखि नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो ।
निर्माणको लागि टेन्डर भए पनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा.नीरजकुमार सिंहले बताए ।
उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निर्माण हुन सकेको छैन । नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा भने ५ सय शय्याको भवन निर्माण भई कार्य सञ्चालन समेत भइसकेको उनको भनाई छ । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण