राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न
महोत्तरी । बर्दिबासस्थित श्री राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय र नवलपरासी जिल्लाको हात्तिखोर स्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिम शुक्रबार समापन भएको छ ।
मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा समापन भएको थियो । सो अवसरमा राईले सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण क्याडेट छात्रछात्राहरूलाई बधाई दिँदै नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल तालिममार्फत युवाहरूलाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउनु रहेको उल्लेख गरे ।

त्यस्तै, मध्य तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको थियो । समापन समारोहमा प्रधान सेनापतिले विभिन्न भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवाहरूमा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना मार्फत कर्तव्यनिष्ठ, देशभक्त र मातृभूमिप्रति समर्पित युवापुस्ता निर्माण गरी एउटै छानामुनि राख्न राष्ट्रिय सेवा दल तालिम फलदायी रहँदै आएको उल्लेख गरे ।
_eGii0H5fHe.jpg)
दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कुल १०८० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । योसँगै यस वर्ष ७,७०४ जना क्याडेट छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
_OLmhgOrvai.jpg)
वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२,१८४ जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण