ओलीले दुई तिहाइको बलमा संसद्को हुर्मत लिएको प्रभु साहको आरोप
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको बलमा संसद्को हुर्मत लिएको टिप्पणी गरेका छन् । ओलीलाई संसदमाथि विश्वास नभएको बताउँदै उनले अध्यादेशमार्फत मुलुक अगाडि बढ्न नसक्ने बताए ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार जनादेश विपरित काम गरिहेको बताए । लोकतन्त्र र जनताको हितविपरित काम गरिरहेको सरकार पूर्णरुपमा असफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईंहरुले बाँडफाँट गर्नुभयो, तपाईंहरुले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो, सांसदहरुको भागबण्डा पनि तपाईंहरुले लगाउनुभयो, दुई तिहाइको उपस्थिति पनि तपाईंहरुकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ? यो मिल्छ कि मिल्दैन नैतिकताले ? म सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने ।
अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकाले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी समेत साहले गरे । उनले अहिलेको सरकारले अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण