अस्ट्रेलियाविरुद्ध फलोअनमा पर्यो श्रीलंका
गाले । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा घरेलु टोली श्रीलंका फलोअनमा परेको छ । पहिलो इनिङ्समा श्रीलंकाको इनिङ्स १ सय ६५ रनमा समेटिएपछि टोली फलोअन गर्न बाध्य बनेको हो ।
टोली पहिलो इनिङ्स सकिँदा ४ सय ८९ रनले पछि रहेको छ । यसअघि अस्ट्रेलियाले ६ सय ५४ रन बनाउँदै आफ्नो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । श्रीलंकालाई सस्तोमा समेट्न म्याथ्यु कुहनेमानले घातक बलिङ गरे । उनले १८.२ ओभरमा ६३ रन खर्चेर ५ विकेट हात पारे । नाथन लियोनले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।
श्रीलंकाका लागि दिनेश चण्डीमालले सर्वाधिक ७२ रनको योगदान दिए । उनले ९ चौका प्रहार गरे । कप्तान धनञ्जय डी सिल्भाले २२ रन तथा कुशल मेन्डिसले २१ रन जोडे । कामिन्डु मेन्डिसले १५ रन बनाउँदा अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले उसमान ख्वाजाको दोहोरो शतकको मद्दतले ६ विकेटको क्षतिमा ६ सय ५४ रन बनाएको थियो । ख्वाजाले २ सय ३२ रन बनाए । उनको करियरको पहिलो दोहोरो शतक थियो ।
त्यस्तै, कप्तान स्टिभ स्मिथले १ सय ४१ रन तथा जोश इंग्लिसले १ सय २ रन बनाए । ओपनर ट्राभिस हेडले ५७ रन तथा विकेटकिपर एलेक्स केरीले ४६ रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण