देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानी वितरण गर्छु : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् ।
आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए ।
उनले भने, “चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी नि:शुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दैछौँ । अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन् ।”
सामुदायिक विद्यालयहरूमा नि:शुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि नि:शुल्क खानेपानी वितरण तथा जडान गर्नका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा
-
क्यानडामा अचानक चुनावको घोषणा : व्यापार युद्ध र ट्रम्पको धम्कीको कस्तो पर्ला असर ?
-
युद्ध विराम गराउने अमेरिकी प्रयास : साउदी अरबमा रुस र युकेनका अधिकारीसँग छलफल
-
‘ज्ञानेन्द्रले निहुँ खोज्दा राजतन्त्र ढल्यो, फेरि फर्काउने दिवास्वप्न नदेखे हुन्छ’
-
फर्केर हेर्दा : लकडाउनको त्यो अत्यासलाग्दो समय (तस्बिरहरू)
-
राष्ट्रपतिको मुख्य प्रतिद्वन्द्वी थुनिएपछि टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिए