ईयूमाथि पनि छिट्टै अतिरिक्त कर लगाउँदै अमेरिका
सोमबार, २१ माघ २०८१, १३ : ५३
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)माथि छिट्टै अतिरिक्त कर लगाइने बताएका छन् । ‘युरोपेली संघले अमेरिकाको फाइदा उठाएको छ,’ उनले भनेका छन् ।
‘उनीहरू हाम्रा गाडीहरू किन्दैनन्, हाम्रो कृषि उत्पादनहरू पनि किन्दैनन्, उनीहरू हामीबाट लगभग केही पनि लिँदैनन् । हामी भने उनीहरूका लाखौँ कारदेखि लिएर ठुलो मात्रामा खाद्यान्न र कृषि उपजसम्म सबै कुरा किन्छौँ,’ ट्रम्पले भनेका छन् । ईयूमा कर कहिले लगाउने भनेर बीबीसीले सोध्दा ठ्याक्कै यही दिनदेखि लगाउने भनेर भन्न नसके पनि छिटै कर लगाइने ट्रम्पको भनाइ थियो ।
‘विश्वका लगभग सबै देशले अमेरिकालाई धोका दिएका छन् । हामी लगभग सबै देशहरूसँग व्यापार घाटामा छौँ र हामी यसलाई परिवर्तन गर्नेछौँ । यो ठिक होइन,’ राष्ट्रपति ट्रम्पको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण