पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा बिना कुनै विकेटको क्षतिमा पछ्यायो । नेदरल्याण्ड्सका लागि स्टेर कालिसले शानदार ब्याटिङ गर्दै ९८ रन बनाइन् । उनले ६९ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरिन् ।
उनलाई अर्की ओपनर फिबे मोल्केनबोरले राम्रो साथ दिइन् । उनले ४९ बलमा ४ चौका प्रहार गर्दै ४८ रन जोडिन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले नटआउट रहँदै सर्वाधिक ६२ रनको योगदान दिइन् । उनले ५१ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
त्यस्तै, कप्तान इन्दु वर्माले ३७ बलमा ३९ रन जोडिन् । उनले यस क्रममा ५ चौका हिर्काइन् । रुविना क्षेत्रले १७ बलको सामना गर्दै २० रन बनाइन् । उनले ३ चौका प्रहार गरिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस जीविलिङले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै क्यारोलिन डी लांगे र हेदर सिगर्सले १–१ विकेट हात पारे ।
नेपाल शृङ्खलामा हालसम्म जितविहीन रहेको छ । नेदरल्याण्ड्सले ५ खेलमध्ये तीनमा जित र दुईमा हार बेहोर्दै ६ अंक बटुलेको छ । थाइल्याण्ड सबै चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण