पेसागत मर्यादामा रहेर काम गर्न राजदूत यादवको आग्रह
सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले पत्रकारहरूलाई आफ्नो पेसागत मर्यादामा रहेर काम गर्न आग्रह गरेकी छन् । “सञ्चार माध्यम समाजको ऐना हो, यसले सत्य उजागर गर्नुपर्छ,” उनले भनिन्। नेपाली समुदायलाई प्रवासी भूमिमा एकताबद्ध बनाउन पत्रकारिता प्रभावकारी बनेको उनको भनाइ थियो।
सिड्नीमा सम्पन्न नेपाल न्युज अस्ट्रेलियाको ११औँ वार्षिकोत्सवमा बोल्दै उनले पत्रकारिता समाज परिवर्तनको महत्त्वपूर्ण माध्यम भएको समेत बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बलबहादुर केसीले पत्रकारिता सत्यतथ्यमा आधारित हुनुपर्ने बताए। उनले समाजलाई सही दिशामा लैजान पत्रकारहरूको भूमिका निर्णायक रहने भन्दै पत्रकारितालाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
यसैगरी वरिष्ठ पत्रकार प्रतीक प्रधानले प्रविधिको सदुपयोग गर्दै समुदाय-केन्द्रित पत्रकारितालाई सशक्त बनाउनुपर्ने बताए। उनले नेपालको पत्रकारिता अझै पनि राजनीतिक प्रभावमा रहेको उल्लेख गर्दै व्यावसायिक पत्रकारिता आवश्यक रहेको उनले औँल्याए।
एनआरएनए आइसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, नेपाली बाणिज्यदूत सञ्जीव शर्मा, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतले नेपाली सञ्चार क्षेत्रको महत्त्वपूर्ण योगदानबारे धारणा राख्दै पत्रकारिताले समाजलाई जागरूक बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रे, प्रबन्ध सम्पादक हेमन्तराज काफ्ले र सम्पादक कृष्ण तिवारीले ११ वर्षे यात्रा सफल बनाउन साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख: दुई जनाविरुद्ध ठगी मुद्दा
-
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
-
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
-
फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)
-
अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण