तस्बिरमा हेर्नुहोस् सिन्धुलीगढी युद्ध सङ्ग्रहालय
शुक्रबार, २५ माघ २०८१, १४ : ३१
काठमाडौँ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अङ्ग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध सङ्ग्रहालयको रुपमा विकास गरिएसँगै अहिले बिपी राजमार्ग भएर यात्रा गर्नेहरू सङ्ग्रहालयको अवलोकन गर्न आउने गरेका छन् ।
वि.सं. १८२४ मा भएको नेपाल–अङ्ग्रेज युद्धको ऐतिहासिक दस्ताबेज सङ्गृहीत गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण गरेको हो । नेपालकै प्रथम युद्ध सङ्ग्रहालयको रूपमा रहेको सो सङ्ग्रहालयको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सो युद्ध सङ्ग्रहालयमा त्यस समयमा गोर्खाली सेनाले प्रयोग गरेका हातहतियार, बाजागाजालगायत ऐतिहासिक सामग्रीहरू राखिएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण