इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
आइतबार, २७ माघ २०८१, ०१ : ४७
काठमाडौं । इटालियन सिरी’एमा एटलान्टाले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा एटलान्टाले हेलस भेरोनाविरुद्ध ५-० को जित निकालेको हो ।
एटलान्टालाई विजयी गराउन मातेओ रेटेगुई एक्लैले ४ गोल गरे भने एडर्सनले एक गोल गरे । २१ औं मिनेटमा पहिलो गोल गरेका रेटेगुईले पहिलो हाफअघि नै ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो हाफपछि थप एक गोल गरे ।
योसँगै तेस्रो स्थानमा रहेको एटलान्टाले दोस्रो स्थानको इन्टर मिलानसँग अंक दुरी घटाएको छ । एक खेल कम खेलेको इन्टरको २३ खेलबाट ५१ अंक हुँदा एटलान्टाको ५० अंक भएको छ । शीर्ष स्थानको नापोलीको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण