बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
आइतबार, २७ माघ २०८१, ०४ : ३८
काठमाडौं । स्पेनिस ला लिगामा मड्रिड डर्बी रोचक भएको छ । शनिबार राती भएको मड्रिड डर्बीमा केलियन एम्बाप्पेले रियाल मड्रिडलाई दोहोरा संकटबाट बचाए ।
जुलियन अल्भारेजको गोलबाट पाहुना टोली एटलेटिको मड्रिडले अग्रता लिएपछि दबाबमा परेको रियाल मड्रिडका लागि ५० औं मिनेटमा एम्बाप्पेले गरेको गोल दोहोरो रक्षा कवच सावित भयो ।
एकातिर हार जोगियो भने अर्कोतिर बराबरीले शीर्ष स्थान फुत्किनबाट जोगियो । मड्रिड डर्बी १-१ को बराबरीमा टुंगिदा शीर्ष स्थानको रियाल मड्रिडको ५० अंक भएको छ भने एटलेटिको मड्रिडको ४९ अंक छ । खेलमा एटलेटिकोले टक्कर दिए पनि गोलअन्तरमा भने रियाल नै बलियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण