बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
आइतबार, २७ माघ २०८१, ०४ : ३८

काठमाडौं । स्पेनिस ला लिगामा मड्रिड डर्बी रोचक भएको छ । शनिबार राती भएको मड्रिड डर्बीमा केलियन एम्बाप्पेले रियाल मड्रिडलाई दोहोरा संकटबाट बचाए ।
जुलियन अल्भारेजको गोलबाट पाहुना टोली एटलेटिको मड्रिडले अग्रता लिएपछि दबाबमा परेको रियाल मड्रिडका लागि ५० औं मिनेटमा एम्बाप्पेले गरेको गोल दोहोरो रक्षा कवच सावित भयो ।
एकातिर हार जोगियो भने अर्कोतिर बराबरीले शीर्ष स्थान फुत्किनबाट जोगियो । मड्रिड डर्बी १-१ को बराबरीमा टुंगिदा शीर्ष स्थानको रियाल मड्रिडको ५० अंक भएको छ भने एटलेटिको मड्रिडको ४९ अंक छ । खेलमा एटलेटिकोले टक्कर दिए पनि गोलअन्तरमा भने रियाल नै बलियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म