ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?
वासिङ्टन डीसी । अमेरिकाको अदालती कागजातहरू अनुसार, एक सङ्घीय न्यायाधीशले खर्बपति अमेरिकी व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज)लाई अर्थ मन्त्रालयको रेकर्डमा राखिएका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्त डेटा पहुँच गर्नबाट रोक लगाएका छन् । अमेरिकी जिल्ला न्यायाधीश पल ए एन्जेलमेयरले शनिबार यस सम्बन्धमा प्रारम्भिक आदेश जारी गरेका हुन् ।
यसमा मस्क र उनको टोलीलाई रेकर्डको कुनै पनि प्रतिलिपि तुरुन्तै नष्ट गर्न आदेश दिइएको थियो । ट्रम्प प्रशासनले मस्कको नेतृत्वमा सञ्चालित सरकारी दक्षता विभागलाई अर्थ मन्त्रालयसँग सम्बन्धित रेकर्डहरूमा पहुँचको अनुमति दिएको थियो ।
डजले यतिबेला खर्च कटौतीका काम गरिरहेको छ । यस मुद्दामा १९ राज्यका महान्यायाधिवक्ताहरूले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका थिए, त्यसपछि न्यायाधीशले यो आदेश दिएका हुन् ।
मस्क एक विशेष सरकारी कर्मचारी भएको र सरकारी दक्षता विभाग आधिकारिक सरकारी विभाग नभएको तर्क न्यायाधीशले गरेका छन् । यस्तो अवस्थामा अर्थ मन्त्रालयका डेटामा उनको पहुँच पाउनुलाई न्यायाधीसले सङ्घीय कानुनको उल्लङ्घन भनेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा मस्कले पछिल्लो निर्णय बिलकुल बुद्धिमानी निर्णय नभएको लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण