घट्यो सेयर बजार, एनआरएन इन्फ्रास्टक्चरको सेयर सबैभन्दा धेरै कारोबार
आइतबार, २७ माघ २०८१, १५ : २७
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजार ११.४९ अंकले घट्दै २ हजार ६८८ दशमलव २१ बिन्दु कायम भएको हो ।
यस दिन १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।
सेयर बजार घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको सेयर भने सबैभन्दा धेरै किनबेच भएको छ । सो कम्पनीको ३१ करोड १७ लाख ८३ हजार बराबरको सेयर किनबेच भएको हो । यस्तै दुई वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा फाइनान्स, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स उपसूचकबाहेक बाहेक अरू सबै उपसूचक राताम्मे भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण