दक्षिण अफ्रिकी टोलीमा तीन परिवर्तन
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ । प्रतियोगिताका लागि सहभागी आठवटै टोलीले प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् ।
तर, दक्षिण अफ्रिकाले आइतबार आफ्नो टोलीमा परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीका लागि घोषित आफ्नो प्रारम्भिक टोलीमा केही परिवर्तन गर्दै तिब्रगतिका बलर कोर्बिन बोश्चको नाम थपेको छ । ३० वर्षीय बलर कोर्बिनले गत डिसेम्बरमा खेलिएको पाकिस्तानविरुद्ध खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । पाकिस्तानविरुद्धको त्यो शृंखलामा एनरिच नोर्खिया घायते भएकाले कोर्बिनले टोलीमा स्थान पाएका थिए ।
च्याम्पियन्स ट्रफीका लागि दक्षिण अफ्रिकाले बायाँहाते तिब्रगतिका बलर क्वेना मफाकालाई पनि टोलीमा स्थान दिएको छ । तर, उनी रिजर्भ खेलाडीका रुपमा टोली सहभागी हुनेछन् । अहिले दक्षिण अफ्रिकी टोली पाकिस्तानमा त्रिकोणात्मक शृंखला खेलिरहेको छ ।
त्रिकोणात्मक शृंखलामा तेस्रो टोलीका रुपमा न्युजिल्यान्डको सहभागिता रहेको छ । दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा टोनी डी जोर्जीलाई पनि समावेश गरेको छ । यी तीनैजना खेलाडी आइतबार नै पाकिस्तान प्रस्थान गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण