लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै मसाल जुलुस प्रदर्शन
सिरहा । सिरहाको लहानमा आईतवार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको छ । उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् ।
संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौँ नगरवासीहरु ५० वर्षभन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ । ‘यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँ ब्लकमा छ । जसमा घरहरु समेत रहेका छन । केहीलाई निस्सा वितरण र लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंकमा राखेर आफ्नो काम गर्न पाएको छैन’ संयोजक केसीले भने, ‘सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ ।’ करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको संयोजक केसीले बताए ।
मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ । हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनले बताए ।
आफ्नो वडाको केही मानिसहरुको गाउँ ब्लक जग्गामा घर हुदाँ उहाँहरु पीडामा देखेर आफु पनि आन्दोलनमा समर्थन गरेको लहान–६ का वडा अध्यक्ष रमेश गौतले बताए ।
‘गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्यामा छन् । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन’ लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भने, ‘नगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यसमा ध्यान पुर्याउनुपर्छ ।’ यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
-
रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण