इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
सोमबार, २८ माघ २०८१, ०० : २३
काठमाडौं । इटालियन सिरी’एमा लाजियो फराकिलो जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा मोन्जालाई ५-१ ले हराउँदै लाजियो चौथो स्थानमा उक्लिएको हो ।
लाजियोलाई जिताउन पेड्रोले दोहोरो गोल गरे भने एडम मारुसिक, भ्यालेन्टाइन कास्टेलानोस र फिसायो डेले बशीरले एक एक गोल गरे । मोन्जाकातर्फबाट स्टीफानो सेन्सीले एक गोल फर्काए ।
जितपछि लाजियो २४ खेलबाट ४५ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि चौथो स्थानमा रहेको युभेन्टस पाँचौमा ओर्लिएको छ । नापोली शीर्ष स्थानमा, इन्टर मिलान दोस्रो र एटलान्टा तेस्रो स्थानमा छन् ।
सिरी’ए अन्तर्गत आइतबार राती भएका अन्य खेलमा एएस रोमाले भेनेजियालाई १-० ले हराउँदा कालियरीले पर्मालाई २-१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण