इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
सोमबार, २८ माघ २०८१, ०० : २३

काठमाडौं । इटालियन सिरी’एमा लाजियो फराकिलो जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा मोन्जालाई ५-१ ले हराउँदै लाजियो चौथो स्थानमा उक्लिएको हो ।
लाजियोलाई जिताउन पेड्रोले दोहोरो गोल गरे भने एडम मारुसिक, भ्यालेन्टाइन कास्टेलानोस र फिसायो डेले बशीरले एक एक गोल गरे । मोन्जाकातर्फबाट स्टीफानो सेन्सीले एक गोल फर्काए ।
जितपछि लाजियो २४ खेलबाट ४५ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यसअघि चौथो स्थानमा रहेको युभेन्टस पाँचौमा ओर्लिएको छ । नापोली शीर्ष स्थानमा, इन्टर मिलान दोस्रो र एटलान्टा तेस्रो स्थानमा छन् ।
सिरी’ए अन्तर्गत आइतबार राती भएका अन्य खेलमा एएस रोमाले भेनेजियालाई १-० ले हराउँदा कालियरीले पर्मालाई २-१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता