बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो । आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो ।
समग्र बजार घट्दा आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारबिच आज १३ वटा समूहमध्ये ११ वटा समूहको सूचकमा गिरावट आएको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स समूहमा गिरावट आएको छ । अन्य समूह र व्यापारमूलक समूहको सूचक भने सामान्य बढेको नेप्सेको तथ्यांक छ ।
आज बजारमा मूल्य र कारोबार रकमका आधारमा पाँच वटा कम्पनी बढी चर्चा (हाइलइट) मा रह्यो । यसमध्ये न्यादी ग्रुप पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, नेपाल रिपब्लिक मिडिया बजारमा सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । कारोबार संख्याका आधारमा पनि सोही कम्पनी अगाडी देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण