एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त
मङ्गलबार, २९ माघ २०८१, १२ : ४८
काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले सेयर निस्कासन गर्ने भएको छ । प्रति शेयर अंकित मुल्य रु.१०० दरका २० लाख ८० हजार कित्ताले हुन आउने बिस करोड असी लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।
उक्त सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । जसमा इनर्जीका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एसके इनर्जीले भोजपुरमा ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण