सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार
काठमाडौं । सेयर बजार परिसूचक आज सामान्य बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । आज बजारमा करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ ।
समूहगत रुपमा हेर्दा विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ ।
बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लाग्दा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर सबैभन्दा अगाडि रह्यो । कारोबार रकममा तेस्रो रहेको रिभर फल हाइड्रोपावर कारोबार संख्याको आधारमा पहिलो स्थानमा रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण