शनिबार पोखरामा म्याराथन हुँदै, २१ देशका डेढ सय धावक दौडिँदै
पोखरा । पोखरामा शनिबार १९ औँ संस्करणको म्याराथन हुँदैछ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको पूरा तयारी सकिएको आयोजकले जनाएको छ ।
यस वर्ष २१ देशका ८० विदेशी सहित १५० जना धावक म्याराथनमा दौडिन दर्ता गराइसकेका छन् । त्यसमध्ये ८ जना महिला छन् ।
हाफ म्याराथनमा महिलातर्फ १० देशका ४० जना, पुरुषतर्फ १० विदेशीसहित ११० जना दौडनेछन् । १० किलोमिटर पुरुष विधामा ११ देशका २११ जना, १० किमी महिलामा ११ विदेशी सहित १०९ जना, ५ किमी भेट्रान्समा ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४७० र छात्रातर्फ १ हजार २५ जना सहभागी हुँदैछन् ।
प्रतिस्पर्धातर्फ ३ हजार १७५ जना र रन फर फनमा ७ हजार जना दौडिने अपेक्षा गरिएको आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । अघिल्लो संस्करण भन्दा अहिले सबै विधामा धावक बढेका उनको भनाई थियो ।
अघिल्लो वर्षका विजेता धावकहरूले पनि यस वर्ष सहभागिता जनाउन लागेका उनले बताए । `यो वर्ष केन्याबाट मात्र ८ जना उत्कृष्ट धावक आउँदै छन्,´ उनले भने, `अघिल्लो वर्षका विजेता धावकहरूले पनि नाम टिपाउनुभएको छ ।´
म्याराथनका विजेताले ५ लाख पुरस्कार पाउनेछन् भने विजेताले ३ लाख पाउनेछन् । तेस्रो हुनेलाई २ लाख र सान्त्वना स्वरूप चौथोदेखि ८ जनासम्मलाई नगद ३० देखि १० हजारसम्म पुरस्कार प्रदान गरिने मञ्चले जनाएको छ । ३ किलोमिटर र ५ किलोमिटर छात्रछात्रा दौड यसअघि नै सम्पन्न भैसकेको छ । यसअघि केन्याली धावकले म्याराथन जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण