कपिलको शोमा सबै कुरा स्क्रिप्टेड हुन्छ : सुमोना चक्रवर्ती

नयाँ दिल्ली । सुमोना चक्रवर्ती वर्षौंदेखि भारतीय कमेडियन कपिल शर्माको कमेडी शोको हिस्सा रहेकी छन् । शोमा प्रायः उनी कपिलको श्रीमतीको भूमिकामा देखिएकी थिइन् । यी शोबाहेक उनले कयौँ चलचित्र र टिभी सिरियलमा पनि काम गरेकी छन् ।
कपिल शर्माकी अन–स्क्रिन पत्नी बनेर उनले जति चर्चा कमाइन् त्यो उनले कतै पाइनन् । हालै सुमोनाले कपिलको शोको पोल खोलेकी छन् ।
यसै क्रममा उनले कपिलका शोमा सबै कुरा ‘स्क्रिप्टेड’ हुने बताइन् । आफूले शोमा एउटा कलाकारको रुपमा अभिनय गरेको उनको भनाइ थियो । सुमोनाले युट्युब च्यानल च्याट विथ स्मल टाउन बिग स्टोरीजसँगको कुराकानीमा उनले यो कुरा बताएकी हुन् । ‘द कपिल शर्मा शो’सँग सम्बन्धित धेरै कहानी शेयर गर्दै उनले कमेडी उनको प्राकृतिक विधा नभएको बताइन् । त्यसैले पनि यसमा सहज हुन आफूलाई धेरै समय लागेको उनको भनाइ थियो । कपिलको शोमा सबै कुरा हँसाउनकै लागि लेखिने गरेको पनि उनले बताइन् ।
हातमा स्क्रिप्ट लिएर पढ्थिन् सुमोना
‘मेरो आफ्नै व्यक्तिगत हास्यरस छ, तर यो हास्यरस त्यो कार्यक्रममा सुहाउँदो छैन, यसले त्यहाँ काम गर्दैन । त्यसैले मेरो लागि, यो साँच्चै शुद्ध अभिनय थियो । यस्तो गर्न धेरै समय लाग्यो,’ उनले भनिन् । स्क्रिप्ट पाउने बित्तिकै शोमा केही कलाकार कलम र कागज लिएर बस्थे, हाइलाइट गर्थे, पढ्थे र शब्द–शब्द कण्ठ गर्थे । यसमा पञ्च लाइनहरू हुन्थे ।
शोमा सबैभन्दा धेरै आफूले स्क्रिप्ट रट्ने गरेको पनि उनले बताइन् । टाइमिङ जरुरी भएकोले आफूले कपिलको लाइन समेत कण्ठ गर्ने गरेको सुमोनाले सुनाइन् । फिल्म र ओटीटी प्रोजेक्टहरूमा नयाँ भूमिकाहरू खोज्ने सोचमा आफू रहेको सुमोनाले बताएकी छन् । उनी अन्तिम पटक ‘खतरों के खिलाडी’मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
-
सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी
-
कुलमानले सोमबारै लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र (पत्रसहित)
-
राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने
-
पदभार गरेपछि हितेन्द्रदेवले भने– न्याय पाएँ
-
कुलमान हटाएको विरोधमा हेटौंडामा टुकी बालेर प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी