विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
बिहीबार, ०१ फागुन २०८१, २१ : ४७

विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा एमाले मोरङको जिल्ला कमिटी सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका हुन् ।
पोखरेललाई बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविर माला लगाएर पार्टीमा स्वागत गरे । पोखरेल २०३९ सालबाट एमालेमा आबद्ध रहेका थिए । उनले २०४४ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए ।
एमाले राजनीतिक दर्शन र बिचारबाट विचलित भएको तथा त्यस पार्टीबाट परिवर्तन सम्भव नहुने ठहर गर्दै आफू माओवादी पार्टी प्रवेश गरेको उनले बताए । कानुन व्यवसायीसमेत रहेका पोखरेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । कानुन व्यवसायीसमेत रहेका पोखरेल खोटाङ समाजको सल्लाहकार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
-
अति नै थकाई लागेको छ ? गर्नुस् यी पाँच चिज
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ