विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
बिहीबार, ०१ फागुन २०८१, २१ : ४७
विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा एमाले मोरङको जिल्ला कमिटी सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका हुन् ।
पोखरेललाई बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविर माला लगाएर पार्टीमा स्वागत गरे । पोखरेल २०३९ सालबाट एमालेमा आबद्ध रहेका थिए । उनले २०४४ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए ।
एमाले राजनीतिक दर्शन र बिचारबाट विचलित भएको तथा त्यस पार्टीबाट परिवर्तन सम्भव नहुने ठहर गर्दै आफू माओवादी पार्टी प्रवेश गरेको उनले बताए । कानुन व्यवसायीसमेत रहेका पोखरेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । कानुन व्यवसायीसमेत रहेका पोखरेल खोटाङ समाजको सल्लाहकार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
अब अनलाइनबाटै मेडिकल काउन्सिलमा उजुरी दिन सकिने
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण