११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
सारांश
- विभिन्न विद्यार्थी सङ्गठनहरूले कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटि तथा कमजोरीहरूप्रति ध्यानाकर्षण गराएका छन् ।
- मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव र पुनर्मुल्याङ्कनको प्रभावकारी व्यवस्था नभएको विरोधमा भइरहेको आन्दोलनमा संयुक्त विद्यार्थी सङ्गठनले ऐक्यबद्धता व्यक्त गरेका छन् ।
- विद्यार्थी सङ्गठनहरूले शिक्षा मन्त्रालयसँग त्रुटिहरूको तत्काल समाधान, पुनर्मूल्याङ्कनको वैज्ञानिक व्यवस्था र भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिने गरी सुधारका कदम चाल्न माग गरेका छन् ।
काठमाडौँ । विभिन्न विद्यार्थी सङ्गठनहरूले हालै प्रकाशित कक्षा १२ को परीक्षाफल र केही समयअघिको एसईईको नतिजामा देखिएका त्रुटि तथा कमजोरीहरूप्रति ध्यानाकर्षण गराएका छन् ।
मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव, पुनर्मुल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको विरोधमा भइरहेको आन्दोलनमा संयुक्त विद्यार्थी सङ्गठनले ऐक्यबद्धता व्यक्त गरेका हुन् ।
परीक्षाफल समयमै प्रकाशन गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको प्रयास सकारात्मक भए तापनि चाँडो नतिजा निकाल्ने बहानामा गरिएको लापरबाही र त्रुटिले विद्यार्थीको मिहिनेत र भविष्यमाथि खेलबाड गरेको ठहर ती सङ्गठनहरूले गरेका छन् ।
विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (समाजवादी) लगायतका विभिन्न विद्यार्थी सङ्गठनका अध्यक्ष तथा संयोजकहरूले हस्ताक्षर गर्दै माइतीघरको शान्तिपूर्ण प्रदर्शनको सफलताको शुभकामना समेत दिएका छन् ।
विद्यार्थी सङ्गठनहरूले शिक्षा मन्त्रालयसँग यस घटनाप्रति गम्भीर ध्यान दिन, देखिएका त्रुटिहरूको तत्काल समाधान गर्न, पुनर्मूल्याङ्कनको वैज्ञानिक व्यवस्था मिलाउन र भविष्यमा यस्ता गम्भीर गल्तीहरू पुनरावृत्ति नहुने गरी आवश्यक सुधारका कदमहरू चाल्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण