रुसले युरोपमाथि हमला गर्ने तयारी गरिरहेको छ : जेलेन्स्की
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरूलाई संयुक्त सेना बनाउन अपिल गरेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा आफ्नो सम्बोधनमा जेलेन्स्कीले अमेरिकाले युरोपका मुद्दाहरूलाई अस्वीकार गर्न सक्ने र यसो भयो भने यसले युरोपको सुरक्षामा गम्भीर खतरा निम्तने आशङ्का उनले व्यक्त गरे ।
रुसले यसै गर्मीमा युरोपमाथि आक्रमण गर्ने तयारी गरिरहेको आफूले आफ्नो गुप्तचर निकायबाट थाहा पाएको जेलेन्स्कीले दाबी गरेका थिए ।
युरोपले सेना बनाउनुपर्छ
‘मलाई विश्वास छ कि युरोपले आफ्नै सशस्त्र सेना सिर्जना गर्ने समय आएको छ । इमानदार भएर भन्नुपर्दा, अब हामीहरूले यो कुरालाई अस्वीकार गर्न सक्दैनौँ कि अमेरिकाले युरोपलाई खतरा निम्त्याउन सक्ने मुद्दाहरूमा होइन भन्न सक्छ’ युक्रेनी राष्ट्रपतिले भने ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार युरोपले एकताबद्ध भएर साझा विदेश तथा रक्षा नीति बनाउनु आवश्यक रहेको जेलेन्स्कीले जोड दिएका छन् । यसले अमेरिकालाई पनि युरोप आफ्नो सुरक्षाप्रति गम्भीर छ भनेर देखाउने उनको भनाइ थियो ।
पुटिनले आफ्नो सशस्त्र सेनामा डेढ लाख थप्दै गरेको दाबी जेलेन्स्कीले गरेका थिए । रुसमा हरेक हप्ता सेना भर्ती कार्यालयहरू खोलिएको पनि उनले बताए । रुसले यही गर्मी याममा प्रशिक्षण अभ्यासको बहानामा बेलारुसमा सेना पठाउने योजना बनाएको उनको भनाइ थियो ।
यो युरोपेली देशहरू विरुद्धको अभियानको सुरुवात हुनसक्ने पनि उनले बताए । नेटोको सैन्य समितिका अध्यक्ष एडमिरल गिउसेप्पे काभो ड्र्यागोनले भने आफूसँग यसबारे पुष्ट जानकारी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण