छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा
काठमाडौँ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा फागुनको दोस्रो सातादेखि ‘छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन १२ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ललितपुरस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ ।
प्रतियोगितामा भारतका खेलाडीहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार, प्रतियोगितामा भारतका ८५ पुरुष र ४८ जना महिला खेलाडी सहभागी हुनेछन् । उक्त प्रतियोगितामा कुल चार सय दुईजना खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा मेन्स टिम, वुमन्स टिम, मेन्स सिंगल, वुमन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि), यू–१६ ब्वाइज सिंगल र यू–१६ गल्र्स सिंगल गरी नौवटा स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख २३ हजार रुपैयाँ रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । आयोजकले मंगलबार नै विभिन्न प्रायोजकहरूसँग सम्झौता पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण