छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नौ स्पर्धा

काठमाडौँ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा फागुनको दोस्रो सातादेखि ‘छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन १२ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ललितपुरस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि रहेको छ ।
प्रतियोगितामा भारतका खेलाडीहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार, प्रतियोगितामा भारतका ८५ पुरुष र ४८ जना महिला खेलाडी सहभागी हुनेछन् । उक्त प्रतियोगितामा कुल चार सय दुईजना खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा मेन्स टिम, वुमन्स टिम, मेन्स सिंगल, वुमन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि), यू–१६ ब्वाइज सिंगल र यू–१६ गल्र्स सिंगल गरी नौवटा स्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख २३ हजार रुपैयाँ रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । आयोजकले मंगलबार नै विभिन्न प्रायोजकहरूसँग सम्झौता पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा