प्रकृति लम्सालको न्यायका लागि पुल्चोक इन्जिनियरिङका विद्यार्थीले थाले हस्ताक्षर संकलन
काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयकी विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले हस्ताक्षर संकलन थालेका छन् ।
पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले विरोध प्रदर्शन गर्नुका साथै उनको न्यायका लागि हस्ताक्षर संकलन गरेका हुन् ।
विद्यार्थीहरूले आयोजना गरेको विरोध र्यालीमा क्याम्पसका विद्यार्थीहरू सहभागी थिए । पुल्चोक क्याम्पसबाट सुरु र्याली लबिङ मल हुँदै हरिहर भवनबाट पुनः डीन कार्यालयमा आएर सकिएको थियो ।
उक्त क्रममा विद्यार्थीहरूले ‘प्रकृतिलाई न्याय दे’, ‘जस्टिस फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायत नारासहित प्लेकार्ड बोकेका थिए ।
त्यसपछि विद्यार्थीले क्याम्पस गेटमा हस्ताक्षर संकलन गरेका हुन् । विद्यार्थीहरूले संकलन गरेको हस्ताक्षर नेपालस्थित भारतीय राजदूतावासलाई बुझाउने कार्यक्रम रहेको विद्यार्थीहरूले बताएका छन् । नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइ सभापति विक्रम भण्डारीले प्रकृति लम्सालले न्याय पाउनुपर्ने र यस्ता घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि विरोध प्रदर्शन गरेको बताए ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय मृत्यु भएपछि नेपालभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौँलगायत देशका विभिन्न ठाउँका क्याम्पसमा समेत प्रदर्शन भएको छ । भारतमा समेत विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ । विश्वविद्यालयका विद्यार्थीहरूले समेत विरोध प्रदर्शन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण