पूर्वनौसेनाका अधिकारीबारे भारतीय विदेश मन्त्रालयले दियो प्रतिक्रिया
नयाँ दिल्ली । कतारको जेलमा बन्दी रहेका पूर्व नौसेना अधिकारीबारे भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । ‘उनको मामिला अहिले पनि कतारको स्थानीय अदालतमा विचाराधीन छ र प्रधानमन्त्रीले भारतीय नागरिकहरूको सुरक्षा र कल्याणका लागि अमिर र उनको सरकारले गरिरहेका प्रयासहरूको कदर गर्नुभएको छ,’ कन्सुलर, राहदानी, भिसा र प्रवासी भारतीय मामिला सीपीवी एन्ड ओआईएका सचिव अरुण कुमार चटर्जीले भने ।
अहिले ६०० भारतीय नागरिक कतारको जेलमा छन् । जेलमा रहेका भारतीयहरू बेला–बेलामा रिहा गरिएको पनि उनले बताए । २०२४ मा ८५ जना नागरिकलाई माफी दिएर रिहा गरिएको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल–थानी यतिबेला भारत भ्रमणमा छन् । यस क्रममा दुई देशबिच दुई सम्झौता र पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार भएको द्विपक्षीय वार्तामा दुई देशबिचको सम्बन्धलाई रणनीतिक साझेदारीमा परिणत गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण