पूर्वनौसेनाका अधिकारीबारे भारतीय विदेश मन्त्रालयले दियो प्रतिक्रिया

नयाँ दिल्ली । कतारको जेलमा बन्दी रहेका पूर्व नौसेना अधिकारीबारे भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । ‘उनको मामिला अहिले पनि कतारको स्थानीय अदालतमा विचाराधीन छ र प्रधानमन्त्रीले भारतीय नागरिकहरूको सुरक्षा र कल्याणका लागि अमिर र उनको सरकारले गरिरहेका प्रयासहरूको कदर गर्नुभएको छ,’ कन्सुलर, राहदानी, भिसा र प्रवासी भारतीय मामिला सीपीवी एन्ड ओआईएका सचिव अरुण कुमार चटर्जीले भने ।
अहिले ६०० भारतीय नागरिक कतारको जेलमा छन् । जेलमा रहेका भारतीयहरू बेला–बेलामा रिहा गरिएको पनि उनले बताए । २०२४ मा ८५ जना नागरिकलाई माफी दिएर रिहा गरिएको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल–थानी यतिबेला भारत भ्रमणमा छन् । यस क्रममा दुई देशबिच दुई सम्झौता र पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार भएको द्विपक्षीय वार्तामा दुई देशबिचको सम्बन्धलाई रणनीतिक साझेदारीमा परिणत गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन