नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ प्रदर्शनी (तस्बिरहरू)
काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा ‘वुमन इन आर्ट’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ । १४ महिला कलाकारका सामूहिक कला प्रदर्शनी १४ फेब्रुअरी (भ्यालेन्टाइन डे) देखि सुरु भएको हो ।
२८ फेब्रुअरीसम्म चल्नेछ प्रदर्शनीमा महिला कलाकारका सिर्जनामा मिथिला, आधुनिक, मूर्त र अमूर्त भावका चित्रहरू समावेश छन् भने उक्त चित्रहरू अंकित टिसर्ट पनि प्रदर्शनीमा राखिएका छन् ।
महिलाले आफ्नो थुप्रै पहिचान र परिचयका साथ सिर्जनाको माध्यमबाट गर्ने अनुभूति, खुसी, गौरवका लागि चित्रकलाको प्रदर्शनीको आयोजना गरिएको हो ।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, सविता डंगोल, एरिना ताम्राकार, विधाता केसी, सुशीला सिंह, महिमा सिंह, कृषा ताम्राकार, प्रमिला बज्राचार्य, रजनी सिंख्खवाल, रञ्जु यादव, संगी श्रेष्ठलगायतका चित्रले नेपालको सबै क्षेत्रका लोक र मौलिक चित्र बनाउने शैली र विविधतालाई झल्काउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण