कहाँ छ अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासी भारतीयको अर्को समूह ?
बिहीबार, ०८ फागुन २०८१, १८ : ४५
नयाँ दिल्ली । अमेरिकाबाट निर्वासित भारतीयहरूको समूह आफ्नो देश पुगेको जानकारी पानामाले भारतलाई दिएको छ ।
पनामास्थित भारतीय दूतावासले यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेको छ । यसमा कति भारतीय पनामा आइपुगे भनेर खुलाइएको चाँहि छैन ।
विज्ञप्तिमा भनिएको छ, “पानामाका अधिकारीहरूले हामीलाई जानकारी दिएका छन् कि केही भारतीयहरू अमेरिकाबाट पनामा आइपुगेका छन् । उनीहरू सुरक्षित छन् र सबै अत्यावश्यक सुविधाहरू उपलब्ध भएको होटलमा बसिरहेका छन् ।’
दूतावासको टोलीले उनलाई भेट्न अनुमति पाएको र उनीहरूको हेरचाह गर्न स्थानीय सरकारसँग नजिकबाट काम गरिरहेका पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि साउथ मर्निङ चाइना पोष्टले सिधै डिपोर्ट गर्न नमिलेका ३०० आप्रवासी पानमाको होटलमा रहेको र यसमा धेरै जसो नेपाल, भारत, चीनलगायत देशका नागरिक रहेको भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण