गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना

बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना गरिएको छ। इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र अभियन्ता तथा कोल्थ एन्ड फुड बैक नेपालका अध्यक्ष कमल जिसीले शुक्रवार कपडा बैङ्कको संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।
कपडा बैङ्क गाउँपालिकाको सहकार्यमा कोल्थ एन्ड फुड बैङ्कले स्थापना गरेको हो। शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि इस्मा गाउँपालिकाका अध्यक्ष खड्काले यो बैंकबाट स्थानीय सबै वर्गले लाभ लिन सक्ने बताए । उनले तत्काल विपन्न वर्गका नागरिकहरूले यहाँबाट कपडा प्रयोग गर्न सक्ने बताए । उनले बैङ्कले विपद्का बेलाका लागि समेत अत्यावश्यक सामाजिक कार्य गरेको बताए ।
२०८० फागुन ५ गते बुटवलबाट सुरु भएको कपडा बैङ्क अभियानले ‘आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, कोही कपडा विहीन नरहुन्’ भन्ने उद्देश्य लिएको छ। संस्थाका अध्यक्ष जिसीका अनुसार अहिलेसम्म बैङ्कमार्फत १,१०० भन्दा बढी घर परिवारमा कपडा वितरण गरिएको छ भने १६० भन्दा बढी निकायसँग बैङ्क जोडिएको छ।
बाढी, पहिरो र आगलागीजस्ता विपदमा सहयोग पुर्याउँदै आएको कपडा बैङ्कले सामाजिक सहयोग र सहानुभूति प्राप्त गर्नुका साथै फोहोर व्यवस्थापन, आर्थिक उपयोगिता, राष्ट्रनिर्माणमा योगदान र संसाधनको सही उपयोगमा पनि टेवा पुर्याइरहेको छ ।
कपडा बैङ्क सञ्चालनको अवधि १० वर्षका लागि तोकिएको छ। पाँचदेखि सात सय किलो कपडा राख्न मिल्ने बक्सहरू राखिने छन्। बैङ्कले कपडा सङ्कलन, सर्टिङ, वासिङ, सेनिटाइजिङ, प्याकेजिङ र वितरणजस्ता कार्य गर्नेछ। यसअघि जिल्लाको चन्द्रकोट गाउँपालिकामा पनि कपडा बैङ्क स्थापना भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने