तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) शनिबार जारी रहेको छ । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले अक्सन सञ्चालन गरिरहेको हो ।
नेपाल सुपर लिगको आगामी संस्करणमा झापा फुटबल क्लब, चितवन फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागिता रहने छ ।
यसपटक अक्सनमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, विदेशी, आइकोनिक र गैरआवासीय नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने आयोजकले जनाएको छ ।
सहभागी टोलीहरूले यस पटक खेलाडीलाई रिटेन (अघिल्लो सिजन टोलीबाट खेलेका खेलाडीलाई पुनः क्लबमै राख्न) गर्न पाउने व्यवस्था पनि गरिएको छ । सहभागी टोलीहरूले २२ देखि २३ जना खेलाडीसम्म टोलीमा राख्न पाउने छन् । ललितपुर सिटी प्रतियोगिताको साविक विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?