तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) शनिबार जारी रहेको छ । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले अक्सन सञ्चालन गरिरहेको हो ।

नेपाल सुपर लिगको आगामी संस्करणमा झापा फुटबल क्लब, चितवन फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागिता रहने छ ।
यसपटक अक्सनमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, विदेशी, आइकोनिक र गैरआवासीय नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने आयोजकले जनाएको छ ।
सहभागी टोलीहरूले यस पटक खेलाडीलाई रिटेन (अघिल्लो सिजन टोलीबाट खेलेका खेलाडीलाई पुनः क्लबमै राख्न) गर्न पाउने व्यवस्था पनि गरिएको छ । सहभागी टोलीहरूले २२ देखि २३ जना खेलाडीसम्म टोलीमा राख्न पाउने छन् । ललितपुर सिटी प्रतियोगिताको साविक विजेता हो ।
_QpRhBusJdi.jpg)










_GfQCXplrby.jpg)


_YJbldzYzu4.jpg)







Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण