तेलंगानामा निर्माणाधीन सुरुङ भत्कियो, मजदुरहरू भित्र फसे
शनिबार, १० फागुन २०८१, १५ : ५९

तेलंगाना । भारतको तेलंगानामा निर्माणाधीन सुरुङको एक भाग भत्किएको छ। राज्यको नगरकुर्नुल जिल्लामा श्रीशैलम लेफ्ट बैंक नहरको सुरुङको छतको एक भाग भत्किँदा केही मजदुर फसेको आशंका गरिएको छ।
निर्माण कम्पनीको टोलीले सुरुङभित्र गएर मूल्याङ्कन गरेको र मजदुरहरू फसेको पुष्टि गरेको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि त्यहाँको मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा संख्या नखुलेर केही घाइते भएको बताइएको छ ।
मुख्यमन्त्री ए रेभान्थ रेड्डीले जिल्ला कलेक्टर, प्रहरी उपरीक्षक र अन्य अधिकारीहरूलाई राहत कार्यका लागि घटनास्थलमा पुग्न निर्देशन दिएका छन्।
मुख्यमन्त्रीको निर्देशनअनुसार राज्यका सिँचाइमन्त्री एन उत्तमकुमार रेड्डी, सिँचाइसम्बन्धी सरकारी सल्लाहकार आदित्यनाथ दास र अन्य सिँचाइ अधिकारीहरू विशेष हेलिकप्टरबाट घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने