इटालियन सिरी’एमा युभेन्ट्स र एटलान्टा विजयी
सोमबार, १२ फागुन २०८१, ०६ : ०२
काठमाडौं । इटालियन सिरी’एमा युभेन्ट्स र एटलान्टा विजयी भएका छन् । आइतबार राती भएको खेलमा युभेन्ट्सले कालियरीलाई १-० ले हराउँदा एटलान्टाले इम्पोलीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो ।
युभेन्ट्सलाई जिताउन डुसान भ्लाहोविकले निर्णायक गोल गरे । उता एटलान्टालाई जिताउन एडेमोला लुकम्यानले दुई गोल गरे भने मातेओ रेटेगुई र डेभिड जप्पाकोस्टाले एक एक गोल गरे । एक गोल भने एटलान्टाले इम्पोलीबाट आत्मघाती उपहार पायो ।
यस्तै, आइतबार राती नै नापोली कोमोसँग २-१ ले पराजित हुँदा हेलस भिरोनाले फायोरेंटिनालाई १-० ले पाखा लगायो । यो जितपछि पनि एटलान्टा ५४ अंकसहित तेस्रो स्थानमा छ भने युभेन्ट्स ४९ अंकसहित चौथो स्थानमा छ । समान खेल खेलेको इन्टर मिलान ५७ अंकसहित शीर्ष र ५६ अंक बटुलेको नापोली दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण