लेखक चूडामणि गौतमको निधन
मङ्गलबार, १३ फागुन २०८१, १३ : ००
काठमाडौँ । लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो ।
तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका नामले चिनिन्थे । गौतमले लेखेको अङ्ग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो । बृहत्तर नेपाली शब्दकोश उनको पछिल्लो पुस्तक हो ।
गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी, नेपाली–इङ्गलिस डिक्सनरी, राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास, गौतम व्यावहारिक नेपाली शब्दकोश, विवादित वर्णविन्यासको नेपाली शब्दकोश, नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, नेपाली व्याकरण तथा रचना, विद्यालयको नेपाली शब्दकोश लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरे सम्भावित अमेरिका–इरान सम्झौताका मुख्य बुँदा
-
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
-
शनिबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै
-
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
-
तीन दशकपछि घरेलु मैदानमा खेल्दै अमेरिका, पहिलो खेलमा पाराग्वेसँग भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण