पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै
सुर्खेत । यहाँको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा अर्को ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो ।
मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले ताल निर्माण कार्यको शिलान्यास गरे । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको १ करोड १२ लाख ३६ हजार ८६३।८७ लगानीमा ताल निर्माण गर्न लागिएको हो । ०८२ असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी प्रवीन निर्माण सेवाले निर्माणको जिम्मा लिएको छ ।
कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्ने छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईँका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ ।
यसअघि निर्माणको तालसँगै जोड्ने गरी उक्त ताल निर्माण गर्न थालिएको छ । यसअघिको तालमा डुंगा चलाउने गरिएपनि नयाँ बन्ने तालमा डुंगा चलाउन पाइने छैन । उक्त ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइने छ ।
‘बुलबुलेमा विभिन्न प्रजातिका चराहरु आउँछन्, मान्छेको आवात–जावतका कारण चराहरूले शान्तसँग खेल्न पाइरहेका छैनन्,’ चपाईले भने, ‘जाडो याममा साइबेरियन चराहरु पनि आउँछन् । चराहरुको बासस्थान पनि हुनेछ ।’
ताल ४ हजार दुई मिटर क्षेत्रफलमा बनाइने छ । ताल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पुरस्कार पाउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । ‘कामको जिम्मा लिएपछि समयमै गर्नुहोला, भुक्तानीका लागि कुनै समस्या छैन,’ उनले भने, ‘उद्घाटन तामझामका साथ गर्ने काम समयमा नहुने भएपछि राम्रो हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
-
लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
अभिनेत्री सामन्था गर्भवती, अभिनयबाट छोटो ब्रेक लिँदै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण