बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

बिहीबार, ११ असार २०८३, १२ : १९
बिहीबार, ११ असार २०८३

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको आठौँ अधिवेशनअन्तर्गत एघारौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार माननीय सभामुखको निर्देशनमा बैठक स्थगित गरिएको हो। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिएका छन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेपछि सत्ता पक्षभित्रै असन्तुष्टि देखिएको छ। बजेटप्रति असन्तुष्ट सांसदहरूले निरन्तर विरोध जनाउँदै आएपछि प्रदेश सभाको बैठक पछिल्ला केही दिनयता प्रभावित हुँदै आएको छ।

यसअघि पनि बजेटसम्बन्धी विवादका कारण बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। दलहरूबिच सहमतिको प्रयास जारी रहेकाले बैठक अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो ।

लुम्बिनी प्रदेश सभा सरकारले ल्याएको बजेटमा संसदहरु योजना काटिएको भन्दै विपक्षी सांसद र केही सत्ता पक्षका सांसदले समेत  विरोध गर्दे आएका छन् । यस अघि हिजो पनि  सरकारले सांसदसँग वार्ता गर्नको लागि भन्दै  सभामुखसँग समय मागेर आजसम्मको लागि बैठक स्थगित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप