अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताएका छन् ।
प्रतियोगिताको फाइनल खेल बुधबार आयोजक नेपाल र म्यानमारबिच खेलिँदै छ । फाइनल खेल दशरथ रंगशालामा साँझ १८ः०० बजे सुरु हुनेछ । फाइनलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
उनले यसअघिका तीन वटै खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै फाइनलका लागि पनि आफूहरू तयार रहेको बताए । उनले उपाधि जित्न आफ्ना खेलाडीले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘म्यानमारका अधिकांश खेलाडी युरोप र अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्छन् । उनीहरूको खेल निकै राम्रो छ । तर, यो प्रतियोगितामा हाम्रा खेलाडीले पनि अब्बल प्रदर्शन गरेका छन् । म्यानमारविरुद्ध पनि हामीले गतिलो प्रदर्शन ग¥यौँ । समग्रमा हामी फाइनलका लागि तयार छौँ,’ उनले भने ।
नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले पनि फाइनलमा आफू उत्कृष्ट खेल पस्कन तयार रहेको प्रतिक्रिया दिइन् । उनले म्यानमार बलियो टोली रहेको बताउँदै आफूहरूले प्रारम्भिक चरणको खेलमा पनि स्तरीय प्रदर्शन गरेको बताइन् ।
‘हाम्रा सबै खेलाडी फाइनलका लागि तयार छन् । अहिलेसम्म हामी सिल्भर मेडलमा छौँ । भोलि गोल्ड मेडलका लागि फाइट गर्नेछौँ । दुवै टिमले उपाधिका लागि खेल्ने हो । जसले राम्रो प्रदर्शन गर्छ उपाधि त्यसैले जित्ने हो । हामी आफ्नो तर्फबाट वेस्ट दिने प्रयास गर्नेछौँ’ उनले भनिन् ।
म्यानमारकी कप्तान बिन थेइङ तुनले आफूहरू उपाधि भिडन्तका लागि तयार रहेको बताइन् । उनले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताउँदै आफूहरूले फाइनलमा सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिइन् ।
म्यानमारका प्रशिक्षक तेत्सुको युकीले पनि आफ्ना खेलाडी फाइनलका लागि तयार रहेको बताए । उनले भने, ‘अहिलेसम्म हाम्रा खेलाडीले गतिलो प्रदर्शन गर्दै आएका छन् । हामी फाइनलका लागि तयार छौँ , आशा छ, मेरा खेलाडीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछन्’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण