पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
सङ्खुवासभा । सुक्खा पहिरो खसेर अवरुद्ध जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सञ्चालनमा आएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण गत सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए । उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो ।
यस सडक खण्डमा सुक्खा पहिरोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्म हिउँदमा मात्रै गाडी चल्ने गरेको छ । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।
यो सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो । सो सडकले कोशी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्का सडक आयोजनामा हालसम्म रु ५३ करोड बढी खर्च भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण