समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा
काठमाडौँ । फिल्म ‘बलिदान’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले अभिनेता समिर भट्ट समेटिएको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २०८२ सालको फूलपाती (असोज १३) घोषणा गरेको हो ।
समिरका दुई पोष्टर सार्वजनिक गरिएको छ । जसमा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको समिर सङ्घर्षमा केन्द्रित रहेको पोष्टरले बुझाउँछ ।

फिल्मका निर्देशक सन्तोष सेन हुन् । फिल्ममा समिरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मको सङ्गीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरेका छन् ।
‘आसुसेन फिल्म्स् प्रा.ली’को प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
-
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
-
शान्ति सम्झौता ‘सकियो’ : फेरि किन आमनेसामने भए अमेरिका र इरान ?
-
एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी
-
तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण